Logo

सुदर्शन र सुप्रियाबीच इन्गेजमेन्ट, बिहे असोज १ मा गर्ने तय



काठमाडौं, २१ भदौ । निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक उपस्थितिमा दुवैले होटेल र्याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् । हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्