Logo

एनआरएनए अध्यक्षमा रविना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय



लन्डन, २१ भदौ । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापालाई सहयोग गर्ने निर्णय गरेको छ ।

समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्यसमेत हुन् । बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिबारे विभिन्न निर्णय भएका छन्।

यस्तै, बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रीयसभा सदस्यहरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिनेसमेत निर्णय गरिएको छ। संघको अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष डा। बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्