Logo

नयाँ अफगान सरकार छिट्टै घोषणा हुन्छ : तालिवानी प्रवक्ता मुजाहिद



काठमाडौँ, २१ भदौ । तालिवानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार छिट्टै घोषणा हुने बताएका छन् । तालिवानले पञ्चशीरमाथि कब्जा गरेपछि सोमबार प्रत्रकार सम्मेलनको आयोजना गरेरे उनले यस्तो बताएका हुन् ।

तर, अफगान सरकार कहिले घोषणा हुने भन्ने मिती तय नभएको समेत जानकारी गराएका थिए । उनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘हामीले पञ्चशीरमाथि कब्जा गर्न सफल भयौँ । अफगानिस्तानको नयाँ सरकार छिट्टै घोषणा हुनेछ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्