Logo

नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी अंकुश लगाउन मिल्दैनः नेता सिंह



काठमाडौं, २१ भदौ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथी अंकुश लगाउन खोजेको होकि भनेर नागरिक स्तरमा आलोचना सुरुभएको बताउदै यस बिषयमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन् । आज नेपाली काँग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन नमिल्ने बताएका हुन् । स्वतन्त्रताको ओकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता बिषयमा सरकारले गमका साथ सोचेर मात्रै कदम चाल्नु पर्ने बताएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आईतबार निकालेको विज्ञप्ती प्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपतिजनक भएको उनको भनाई छ ।
‘सरकारले जनताको दुखमा साथ दिनु पर्दछ । सधै जनाताको पक्षमा हुनुपर्दछ ।’ उनले भने ‘गृहमन्त्रालय बाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपति जनक छ । यसमा सरकार सच्चीनु पर्दछ ।’

साथै नेता सिंहले अत्यन्तै प्रतिकुल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने पार्टी नेपाली काँग्रेस भएको भन्दै जस्तोसुकै परिस्थीतीमा पनि महाधिबेशन निष्पक्ष, धादलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारण राखेका थिए। राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली काँग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै उाले देश र लोकतन्त्रका लागी काँग्रेस मजुबुत हुनु पर्ने उनको भनाई थियो ।

नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरेपनि नतिजा राम्रो लिन नसक्ने उनको भनाई छ । साथै उनले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनु पर्ने बताए । १३औं महाधिबेशन पछि काँग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धती पनि कमजोर भएको कम्निस्ठहरले संविधान र ब्यवस्था माथि नै प्रहार गर्ने खोजेको उनको भनाइ रहेको छ ।

‘लोकतान्त्रिक मुल्य मान्यता जोगाउनको लागी काँग्रेस मजबुत हुनुपर्दछ । त्यसका लागी सक्षम नेतृत्व आश्यक छ ।’ उनले थपे ‘ विधी पद्धतीका लागी सधै आवाज उठाउने सक्षम नेतृत्व काँग्रेसमा आवश्यक छ ।’ फरक प्रसंगमा बोल्दै अहिले आफ्नो पाटिको नेत्त्रित्वमा सरकार भय काले सिन्धुपाल्चोक लगायत देसका अभिकांस भुभागमा बाडि पहिरोले जनधनको क्षति भएकाले सरकारले राहात र उदारमा बिसेस ध्यान दिनु पर्ने प्रति सरकारको ध्यानाकर्षण गराउनु हुँदै बिपतिमा नागरिकले सरकार भएको महसुस हुने गरि काम थाल्न समेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्