Logo

प्रचण्ड र माधव नेपाललाई तह लगाउछौं : बस्नेत (भिडिओसहित)



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुको स्पष्ट बाटो भनेको चुनाव नै भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जतिसक्दो चुनावमा मुलुकलाई लैजानको लागि आग्रह गरेका छन् ।

आज आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै उनले अहिले नागरिक समाज, बुद्धिजीवीहरुले पनि केपी ओली नै ठिक रहेको निश्कर्ष निकालेको पनि सुनाए । उनले आफूहरु वर्तमान सरकारको गलत कामको विरुद्धमा सशक्त रुपमा सडकमा आउने पनि विश्वास दिलाए ।

उनले भने,‘सबै युवा साथीहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रतिपक्षीमा भएकोले जतिसक्दो चाँडो निर्वाचन होस भन्ने चाहन्छौं । हामीले सुन्यौं, शेरबहादुर देउवाले आफ्नो प्रतिनिधि अध्यक्ष ओलीलाई भेट्न पठाउनुभयो, उहाँलाई त्यो महशुस गरेर लाग्नुभएको छ भने, उहाँले जतिसक्दो चाँडो एमालेको सहयोग लिएर चुनावमा जानुपर्छ ।’

उनले वर्तमान प्रधानमन्त्री देउवालाई उकासेर पछाडिबाट धकेलेर भीरबाट खसाल्ने योजनामा लागेका प्रचण्ड र माधव नेपाललाई तह लगाउने तागद आफूहरुसँग रहेको सुनाए । उनले भने,‘माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाको सरकारलाई मापसे सरकार भनेका छौं, यो मापसे सरकारले मापसे गतिविधि गरिरह्यो भने यसलाई तह लगाउनको निम्ति यो युवा पँक्ति सदैव तयार हुनुपर्छ । र तयार हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्