Logo

चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक, गिताञ्जलीको साथमा सौगात र अनुप विक्रम



काठमाडौं, २१ भदौ । चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा नायिका गिताञ्जली थापाका साथमा नायक सौगात मल्ल र अनुपविक्रम शाहीलाई देख्न सकिन्छ । नायिका गिताञ्जली भारतकी ‘राष्ट्रिय अवार्ड विजेता’ कलाकार हुन् ।

चलचित्रको छायांकन सिक्किममा गरिएको हो । इन्द्र बहादुर राइले लेखेको कथालाई फुर्वा छिरिङ लामाले चलचित्रमा निर्देशन गरेका हुन् । चलचित्रमा अखिलेश राइको सम्पादन रहेको छ भने झुमा सलम्बु र गंगा थापाको संगीत रहेको छ ।

यस चलचित्रको निर्माण फेर्री टेल पिक्चर्सले ‘होेप रिल एण्ड एलए सट्र्स’ को सहकार्यमा गरेको हो । चलचित्रको सम्पादनदेखि सम्पूर्ण प्राविधिक काम भारतमा नै गरिएको हो । चलचित्रको प्रदर्शन मिति भने टिजर सार्वजनिक गर्ने दिन घोषणा गरीने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्