Logo

एनआरएफका नेता अहमद मसुद सुरक्षीत रहेको प्रवक्ताको भनाई



एजेन्सी, २१ भदौ । पञ्जशिरको नेश्नल रेसिस्टेन्ट फ्रन्ट(एनआरएफ)का नेता अहमद मसुद सुरक्षीत रहेको प्रवक्ता अली मैसम नजारीले बताएका छन् । नेता अहमद मसुद सुरक्षीत रहेका विषयलाई प्रवक्ताले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

प्रवक्ताले सामाजिक सञ्जालमा लेखेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘मेरो नेता र भाई अहमद मसुद सुरक्षीत छ । र, उनले छिट्टै आफ्नै नागरिकलाई सन्देश दिने छन् ।’ त्यहाँ तालिवानले नियन्त्रण गरिसकेको विषयलाई समेत एनआरएफले खण्डन गरिसकेको छ । त्यस क्षेत्रमा लडाई जारी रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्