Logo

आज अरुण हाइड्रोसहित यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २१ भदौ । शेयरबजार आज उच्च अंकले बढ्दा सबैभन्दा धेरै अरुण हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक भएको छ ।

कम्पनीको आज ४६ करोड ३० लाख बढीको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टीलरीको २६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २४ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको १९ करोढ ९९ लाख र आइसीएफसी फाइनान्स कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्