Logo

‘हाम्रो नेपाल हामी नेपाली’ ले काठमाडौंमा भोलि दिउँसो ४ बजे एमसिसीविरुद्ध लगनखेलमा विरोधसभा गर्ने (भिडिओसहित)



ज्ञानेन्द्र शाहीको टिप्पणीः ‘अब अमेरिकानै नेपाल छिर्दैछ, देशनै नरहे कहाँ बस्नुहुुन्छ तपाईहरु ?’

काठमाडौं, २१ भदौ । ‘हाम्रो नेपाल हामी नेपाली’ ले एमसिसी सम्झौताविरुद्ध भोलि (मंगलबार) ४ बजे लगनखेल बसपार्कमा विरोधसभा गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो । संस्थाले भोलि (भदौ २२ गते) साढे २ बजे सातै प्रदेशमा विरोधसभा गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा ‘हाम्रो नेपाल, हामी नेपाली’ का संयोजक तथा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले राजनीतिक दलका नेताहरूले एमसीसीको बारेमा हाँस्यास्पद व्याख्या गर्दै हिँडेको आरोप लगाएका छन् । उनले भने,‘अमेरिकाका आन्तरिक स्वार्थको कारण आज नेपाललाई फसाईँदैछ ।’ अमेरिकाको स्वार्थले नेपाल सक्किने उनको भनाई थियो । उनले यसअघि नेपाली जनताले गरेका आन्दोलन सत्ताको लागिमात्र थियो भन्दै अब हुने आन्दोलन देशका लागि हुने पनि बताए ।

उनले भने,‘अब विदेशी दलालको विरुद्ध सबै सडकमा झर्नुपर्ने दिन आएको छ । अब अमेरिकानै नेपाल छिर्दैछ, अब चुप लाग्नुहुँदैन । देश नै नरहे कहाँ बस्नुहुुन्छ तपाईहरु ?’

उनले अमेरिकाले नेपालीहरुबीच झगडा लगाएर देश हातमा लिन लिन खोजिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीका दलालहरुलाई रिपोर्टर्स क्लबबाटै ७७ पृष्ठ लामो एमसीसी सम्झौता पढेर सुनाउन समेत चुनौती दिए । उनले भने,‘अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको देशका लागि के योगदान छ ?’

उनले २३ गते सदनको बैठकमा गगन थापाले यसको विरुद्धमा आवाज उठाउने विश्वास गर्दै बोल्नको लागि आग्रह समेत गरे । उनले सदनमा एमसीसीको विरुद्ध बोल्न भीम रावललाई पनि आग्रह गरे । एमसिसीविरुद्ध अभियानमा समर्थन गर्ने सबैलाई सडकमा आउन आग्रह गरे । उनले ‘एमसीसी सम्झौता’ लाई नेपाललाई अफगानिस्तानमा लैजाने बाटो हो भन्दै एमसीसी संसद्बाट पारित गर्नै परेमा शर्तहरु संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा ‘हाम्रो नेपाल, हामी नेपाली’ का केन्द्रीइ सह–संयोजक विजयी खड्गीले एमसीसी खारेज गर्नुपर्ने बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा, माधब नेपाल, केपी शर्मा ओली, बाबुराम भट्टराईले देश बेच्न ल्याएको एमसिसी हो ।’

उनले भने,‘यी पाँच नेतालाई घरभित्र राखेर बाहिर आउन बन्द गरेमा मात्र एमसीसी खारेज गर्न सकिन्छ ।’ घरेलु हतियार लिएर सबै नेपाली भोलिदेखि सडकमा निस्कन पनि उनको आग्रह थियो ।

खड्गीले भोलिबाट अमेरिकाबाट आउन लागेका नेताहरुलाई रुख ढालेर सडक अबरुद्ध गरेर प्रवेश गर्न नदिने चेतावनी दिए । संसद् भवन घेराउ गर्ने पनि कार्यक्रम रहेको समेत उनले जानकारी दिए । एमसीसीको बिरुद्धमा बोल्नेलाई प्रधानमन्त्री देउवाले कारबाही गर्ने भनेकोमा आपत्ति जनाउदै उनले आफूहरुलाई छोएर देखाउनसमेत चेतावनी दिए ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले कार्यक्रममा बोल्दै एमसिसीविरुद्ध चलाएको अभियानमा साथ दिन र विदेशीको क्रिडाबाट जोगाउन सडकमा उत्रिन सबैलाई आग्रह गरे ।

१ वर्ष अगाडी आफूहरुले अमेरिकी दुतावासमा २ पटक घेरेको स्मरण गराउदै अहिले सबै जनताको साथ पाउने खड्काले विश्वास गरे । उनले सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् । अमेरिकी शासकले नेपाली नेता बन्दी बनाएर जबरजस्त पास गर्न दबाब दिएको उनको आरोप थियो । उनले वीर गोर्खालीलाई विदेशीको दलाली बनाउन खोजिएको भन्दै सबैजना सडकमा आउनुपर्ने धारणा राखे । देशलाई बचाउने हो भने युवाहरु पार्टीको सदस्यता च्यातेर सडकमा आउनुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय शक्ति नेपालको प्रवक्ता अनिल योगीले नेपाली राजनीति दलका नेताहरुले जनताको पक्षमा काम नगरेको बताएका छन् । विदेशीहरुले नेपाल मास्नलाई विभिन्न किसिमका मानिसहरु (नेता, पत्रकार, व्यापारी) हरुलाई हात लिएकोसमेत आरोप लगाए । विदेशीहरुले प्रविधि नेपाल पठाएको हुनाले जनता सुसुचित हुन पाएको समेत उल्लेख गरे । नेपालीको छातिमाथि बुट बझार्न खोज्ने नेतालाई कदापी स्विकार्न नहुने उनको धारणा थियो ।

उनले युवाहरुलाई आग्रह गर्दै भने,‘नेताहरु विदेशीका दलाल हुन्, यिनीहरुहले विदेशबाट अवैध पैसा लिएका छन् । यिनीहरुसँग टन्न पैसा छ । यदि तपाईहरु नेपालको सन्तान हो भने पैसा नेताहरुको खानुहोस् । तर, हामीसँग एमसिसीविरुद्ध अभियानमा सहभागी हुनुहोस् ।’

हाम्रो नेपाल हामी नेपालीको भोलीहुने विरोधसभा हुने स्थानहरु

भाद्र २२ गते दिउँसो २ बजे ३० सुनसरीमा आमसभा

भाद २२ गते प्रदेश २ महोत्तरीको बदिवास चोकमा

भाद २२ गते बाग्मती प्रदेशको चौबिसकोटीमा

भाद २२ गते गण्डकी खैरेनीटारमा

भाद २२ गते लुम्बिीनी प्रदेशको बाँकेको कोहmपुर चौराहाका

भाद २२ गते कर्णालीको विरेन्द्र नगर सुर्खेतमा

भाद २२ गते सुदरपश्चिम प्रदेशमा धनगडीको चौराहामा

काठमाडौंमा भोली २२ दिउसो ४ बजे लगनखेल बसपार्कमा



प्रतिक्रिया दिनुहोस्