Logo

इजराइलमा टाउको जोडिएका दुई बालिकाको सफल शल्यक्रिया(भिडियोसहित)



एजेन्सी, २१ भदौ । इजराइलमा टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरीएको छ । एक वर्षीया जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरीएको हो । यसको तयारी महिनौ अगाडी देखी गरीएको जनाइएको छ । शल्यक्रिया सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो जसमा इजराइलका दर्जनौ दक्ष विज्ञ चिकित्सकहरुको सहभागीता रहेको थियो ।

बियरसेवा शहरको सोरोका मेडिकल सेन्टरमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।शल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ । ‘उनीहरुले आफै खाइरहेका छन् र श्वासप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सोरोका प्लाष्टिक सर्जरी विभागका प्रमुख एलदाद सिल्बरस्टिनले भने । इजरायलमा टाउको जोडिएका बच्चाको शल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा शल्यक्रिया भइसकेका छन् ।

शल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टाउकोको छाला तन्काउन ताप प्रदान गर्ने सिलिकन व्याग राखिएको थियो । खोपडी अलग गरेपछि नयाँ छाला हालिएको थियो । टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्