Logo

युवाहरुलाई केपी ओलीले भने–‘तपाईँहरुले गलत कुरा बोकेर हिँड्नुपर्दैन् (लाईभ-भिडिओसहित)



काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सही विचार बोकेको भन्दै यसमा लाग्ने युवाहरुले कहिल्यै पछुताउनु नपर्ने बताएका छन् । उनले युवाहरुलाई एमालेले कहिल्यैपनि दुरुपयोग नगर्ने विश्वास दिलाए ।

आज (सोमबार) काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले युवाहरुको पसिना र मेहनतालाई सही ठाउँमा प्रयोग गर्न दिने विश्वास दिलाए । उनले भने,‘तपाईँहरुले गलत कुरा बोकेर हिँड्नुपर्दैन् । एमालेले सहीलाई ढाकछोप गर्दैन । र, गलत कुरालाई बोकेर पनि हिँड्दैन् ।’

उनले एमालेले विकासको लहर ल्याएको पनि सुनाए । तर, अरु पार्टीले भने एमालेको सरकारले केही पनि नगरेको भनेर प्रचार गरेको भन्दै आपत्ति जनाए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्