Logo

‘यो सरकार अलिक दिनको पाहुना हो, १५ महिनापछि खोजेरपनि यसलाई कसैले भेट्नेवाला छैन्’ : ओली (भिडिओसहित)



काठमाडौैं, २१ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अलिक दिनको पाहुनाको संज्ञा दिएका छन् । उनले अबको १५ महिनापछि यो सरकारलाई कसैले खोजेर पनि नभेट्ने दाबी गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो सरकार अलिक दिनको पाुहना हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो विदा गर्नुपर्छ । तर, छिटो विदा गर्न सकिएन भने पनि हतारिनुपर्दैन् । अर्को मंसिरसम्ममा चुनाव गर्नैपर्छ । अब १४ महिना रह्यो । १५ महिनापछि त यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन् । किनभने तपाईँहरु उठ्नुभएको छ । तपाईँहरु सुत्नुभयो भने त यस्ता सरकार बनिरहन्छन् । उठ्नुभयो भने देशभक्त सरकार बन्छन् ।’ उनले एमालेलाई ठेगान लगाउछु भन्नेहरुलाई कडा चूनौति दिए । उनले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलिरहेको सुनाए । उनले भने,‘एमालेमा युवाहरु प्रवेश गर्ने लहर चलिरहेको छ । बरु, अलिक ठूलो टोपी सिलाउनुहोस, ओईलाईजाने टोपी होईन, नओईल्याउने टोपी बनाउनुहोस ।’



प्रतिक्रिया दिनुहोस्