Logo

रामकुमारी झाँक्रीलक्षित ओलीको टिप्पणी : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?



काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलक्षित कडा टिप्पणी गरेका छन् । उनले राष्ट्रियताबारे बोल्न पाईन्छ कि पाईँदैन ? भन्ने प्रश्न गरेका छन् ।

पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा तत्कालिन नेकपाले काठमाडौंको प्रदर्शनमार्गमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले ‘मुखमा कालो टेप बाँधेर’ प्रस्तुत भएकी थिईन् । र, टेप फुकालेर फाल्दै ‘हामीले ल्याएको गणतन्त्रमा बोल्न पाईन्छ’ भनेर सम्बोधन सुरु गरेकी थिईन् ।

त्यही प्रसंगलाई मध्येनजर गर्दै अध्यक्ष ओलीले आज झाँक्रीलाई जवाफ फर्काएका हुन् । उनले भने,‘ुआफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकोबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन रु देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ ।’

उनले अघि थपे,‘आफैंले टाँसेको टेप फुकालेर बोल्न पाइन्छ भन्या छन् । अहिले किन भन्न सक्दैनन् रु ति दल, ति दलका नेताहरु, अपराधका हिस्सेदारहरु किन बोल्दैनन् रु हिजो त जसलाई जे पनि गाली गरेको छ । माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ ।’

त्यतिमात्रै होईन, उनले हिजो अधिनायकवाद र निरशंकुता भयो भन्नेहरु अहिले कहाँ छन् ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ । शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्