Logo

इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी



काठमाडौं, २२ भदौ । इंग्ल्यान्डविरुद्धको चौंथो टेस्टमा भारत विजयी भएको छ । सोमबार द ओभलमा भारतले इंग्ल्यान्डलाई १ सय ५७ रनले पराजित गरेको हो । पहिलो इनिङ्समा भारत १ सय ९१ रन जोड्दा अलआउट भएको थियो ।

तर, दोस्रो इनिङ्समा भारतले ४ सय ६६ रन जोडेपछि इंग्ल्यान्डले ३ सय ६८ रनको विशाल लक्ष्य पाएको थियो ।दोस्रो इनिङ्समा भारतका रोहित शर्माले १ सय २७ रनको शतकीय इनिङ्स खेले ।
जवाफमा इंग्ल्यान्डले दोस्रो इनिङ्समा २ सय १० रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ९० रन जोडेको थियो ।भारतले ‘द ओभल’मा ४७ वर्षपछि पहिलो जित निकालेको हो । जितसँगै भारतले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । दुई टाली बिचको अन्तिम टेस्ट शुक्रबार देखि सुरु हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्