Logo

ब्राजिलियन लेजेन्ड पेले अस्पताल भर्ना



एजेन्सी, २२ भदौ । विश्व फुटबलका चर्चित हस्ती ब्राजिलियन लेजेन्ड फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।सोमबार उनको शल्यक्रिया गरेर पेटबाट ट्युमर निकालिएको बताईएको छ । उनी वार्षिक चेकअपको लागि अस्पताल पुगेको बेला ट्युमर देखिएको थियो । उनलाई ६ दिन अघि अस्पताल भर्ना गरीएको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।

‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्