Logo

कोरोना भाइरस फैलाएको आरोपमा एक व्यक्तिलाई पाँच वर्ष कैद सजाय



काठमाडौँ, २२ भदौ । भिएतनामका एक व्यक्तिलाई कोरोना भाइरस फैलाएका आरोपमा त्यहाँको अदालतले पाँच वर्ष कैदको फैसला सुनाएको छ । उनलाई अदालतले सोमबार कैदको फैसला सुनाएको हो ।

लि भ्यान ट्रि नामक २८ वर्षिय व्यक्तिले कोरोना भाइरसको नियम सलंघन गरेको र क्वारेन्टिन नियम तोडि कोरोना भाइरस फैलाएको आरोप लागेको कारण उनलाई अदालतले फैसला सुनाएको छ । भिइतनाम कोरोना नियन्त्रण गर्न निकै सफल भएको देश हो । तर, नयाँ भेरियन्टले भिएतनाममा समेत क्षति पुगेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न भिएतनामले निकै मेहनत गरेको थियो ।

भिएतनामका सञ्चारमाध्यमको भनाईलाई उदृत गर्दै सिएनएनले लेखेको छ,‘उनले ८ व्यक्तिमा संक्रमण फैलाएका छन । त्यसमध्ये एकको मृत्यु भएको छ । कोरोना भाइरस उलंघन गरेको आरोपमा उनलाई अदालतले पाँच वर्ष फैसला सुनाएका हो ।’-Photo Source: CNN



प्रतिक्रिया दिनुहोस्