Logo

नेपालमा ६० वर्ष माथिका संक्रमितको मृत्युदर उच्च



काठमाडौं, २२ भदौ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० हजार ८ सय ५८ जनाको निधन भएको छ । संक्रमित हुनेमा युवा वर्ग बढी हुने भएपनि मृत्युदर बृद्ध–बृद्धाको उच्च छ । निधन भएकाहरु मध्ये सबैभन्दा धेरै ६० देखि ६९ उमेर समुहको रहेका छन् ।

उक्त उमेरसमुहका हालसम्म २२ सय ९२ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, ७० देखि ७९ वर्ष उमेर समुहका २१ सय ३० जना संक्रमितको निधन भएको छ भने २१ सय २९ जनाको ५० देखि ५९ उमेरसमुहका संक्रमितको निधन भएको छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म ४० देखि ४९ उमेर समुहका १५ सय ४४ जनाको मृत्यु भएको छ भने ८० देखि माथिका हालसम्म १४ सय २७ जना, ३० देखि ३९ उमेर समुहका ८ सय ८४ जना, २० देखि १९ वर्ष उमेर समुहका ५३ जना, ९ वर्ष सम्मका ४६ जना र पहिचान नखुलेका १२ जनाको हालसम्म निधन भईसकेको छ ।

युवावर्ग धेरै संक्रमित भएपनि प्रतिरक्षा प्रणाली बलियो हुने भएकोले चाडैनै सक्रमण निको हुने गर्छ र मृत्युदर कम हुन्छ । तर, ६० वर्ष पुगेका बृद्ध–बृद्धाहरुमा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले चाँडो रिकभर हुनसक्ने सम्भावना क्षिण हुने भएकोले मृत्युदर उच्च भएको जानकारहरु बताउछन् ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम