Logo

एमसीसी उपाध्यक्ष फतिमा किन नेपालआउँदैछिन्



काठमाडौं, २२ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमर बिहिबार नेपाल आउँदैछिन् । ५० करोड अमेरिकी डलरको आयोजनाबारे प्रमुख राजनीतिक दलहरुभित्र पक्ष विपक्षमा धारणाहरु आइरहँदा फतिमा नेपाल आउन लागेकी हुन् ।

एमसीसी सम्झौतामा संसदबाट पारित गर्नुपर्ने बुँदा छ । त्यसपछि मात्र यो आयोजना कार्यान्वयन हुनथाल्छ । तर, सत्ता पक्षभित्रै एमसीसीका केही बुँदा संशोधनको विषय उठिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसीबारे विगतमा सकारात्मक भएपनि शर्त राख्न थालेको छ । सत्ता गठबन्धनको जनमोर्चा नेपाल एमसीसीको विरोधमा उत्रिएको छ ।

एमसीसीबारे प्रमुख राजनीतिक दलहरुबीच फरक धारणा आइरहँदा फतिमाको पर्सिबाट हुने नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत शिर्ष नेताहरुसँग भेट्ने तय भएको बुझिएको छ



प्रतिक्रिया दिनुहोस्