Logo

अक्षय कुमारको आमाको आईसीयुमा उपचार हुँदै, लन्डनबाट फर्किए अभिनेता



एजेन्सी, २२ भदौ । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको आमा अरुणा भाटियाको मुम्बईको हीरानन्दानी अस्पतालको आईसीयुमा उपचार भैरहेको छ ।

समाचार एजेन्सीको अनुसार उनको अवस्था गम्भिर रहेको छ । आमाको अवस्था गम्भिर भएपछि लन्डनमा सुटिङको लागि पुगेका अक्षय कुमार मुम्बई फर्किएका हुन् ।

उनको आमालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको हो । परिवारको आग्रहमा अस्पतालले स्वास्थ्य उपचारको रिपोर्ट भने गोप्य राखेको छ ।
अक्षय कुमार आमासँग निकै नजिक थिए् ।

उनले आमाको स्वास्थ्यमा समस्या आएपछि सँगै बस्ने निर्णय गरेका छन् । उनी लन्डनमा फिल्म ‘सिंडरेला’ को शुटिगको लागि पुगेका हुन् । फिल्मको सुटिङ भने उनी बिना पनि नरोकिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्