Logo

सरकारले राष्ट्रिय सहमति गरेर एमसीसी संसद्बाट अनुमोदन गर्छ : प्रधान (भिडिओसहित)



काठमाडौं, २२ भदौ । सत्तारूढ दल नेपाली कांगे्रसका नेता भीमसेनदास प्रधानले सरकारले राष्ट्रिय सहमति गरेर एमसीसी संसद्बाट अनुमोदन गर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेता प्रधानले सरकारले एमसीसी जबरजस्ती पास नगर्ने पनि बताए । उनले सबै दलसँग छलफल गरेर मात्र एमसीसी संसद्मा पेश गरिने जनाए । साथै, जनताको चाहनामा रहेका तर थाती रहेका नागरिकता विधेयक र कर्मचारी विधेयक पनि संसद्मा पेश गरिने उनले जना । त्यस्तै, उनले बजेट ल्याउने तयारी के छ भनेर सोधिएको प्रश्नमा ‘आवश्यकत्ताको आधारमा ल्याईने’ स्पष्ट पारे ।

उनले नेकपा (एमाले) फुट्नुमा सरकारको कुनै हात नरहेको पनि दाबी गरे । उनले संसद् विघटन हुनु र एमाले फुट्नुमा सबैभन्दा बढि एमाले अध्यक्ष केपी शर्मा ओलीको नै दोष रहेको आरोप लगाए । साथै संसद्मा सभामुख अग्निप्रसाद सापकोटाले खेलेको भूमिकालाई लिएर कुनै शंकार नगर्नसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्