Logo

सभामुखको बचाउमा देवेन्द्र पौडेल, संशोधन भएर आए एमसीसीबारे सोच्न सकिने भनाई (भिडिओसहित)



काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले कुनै गल्ती नगरेको भन्दै पदमा बसेको देख्न नसक्नेहरुले मात्रै सभामुखको भूमिकाको आलोचना गरेको बताएका छन् । साथै, नेता पौडेलले ‘आफ्नो दललाई बचाउन नसक्ने अनि सभामुखले पार्टी फुटायो भन्न मिल्छ ’? भन्दै प्रश्न पनि उठाएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एमसीसीमा केही विवादित बँुदाहरु रहेको बताउँदै यथास्थितिमा एमसीसी पास हुन नसक्ने पनि दाबी गरे । नेता पौडेलले अर्थ मन्त्रालयले संसोधन गर्ने भनेर पठाइएका एमसीसी सम्झौताका ११ वटा बुँदाहरु संसोधन भएर आएमा आफ्नो पार्टीले पारित गर्नको लागि सोच्नसक्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्