Logo

अब एम्बुलेन्स स्वास्थ्य संस्था बाहेक अरुले चलाउन नपाउने



काठमाडौं, २२ भदौ । अब स्वास्थ्य संस्थाबाहेक अन्य संस्थाहरुले एम्बुलेन्स सेवा दिन नपाउने भएका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम अब स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा दिन पाउने भएका हुन् ।

नयाँ निर्देशिका अनुसार एम्बुलेन्स चौबिसै घन्टा संचालन गर्नुपर्ने जुनसुकै अवस्थामा तयारी अवस्थामा राख्नुपर्नेछ । एम्बुलेन्स संचालन, खरिद, आयात वा प्राप्तिको प्रक्रिया भन्दा अघि जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिबाट सहमति लिनुपर्नेछ ।
बिरामीलाई घटनास्थलबाट अस्पताल वा उपचार स्थलसम्म वा चिकित्स्क वा स्वास्थ्य संस्थाले सिफारिस गरे बमोजिमको स्थानसम्म पुर्याउनको लागि मात्र एम्बुलेन्सको प्रयोग गर्नुपर्ने छ । निर्देशिका गत भदौ १८ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्