Logo

महबुबा मुफ्तीले भनिन्–‘म अहिले नजरबन्दमा छु्’



काठमाडौँ, २२ भदौ । पिपल डेमाक्रेटिक पार्टी (पिडिपी) की प्रमुख महबुबा मुफ्तीले आफू नजरबन्दमा रहेको बताएकी छिन् । उनलाई मंलगबार प्रहरीले घरमै नजरबन्दमा राखेको हो ।

प्रहरीले सइद अलि शाह गलानीको शरिरलाई अपमानजनक व्यवहार देखाएको थियो । उक्त विरोधमा बोल्दा प्रहरीले उनलाई नजरबन्दमा राखेको छ । महबुबा मुफ्तीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘भारतीय सरकारले अफगानी नागरिकको हक अधिकारको विषयलाई चिन्ता छ । तर, काश्मिरी नागरिकको मामलामा ठ्याक्कै उल्टो भएको देखिन्छ । म तत्काल घरमै नजरबन्दमा छु । काश्मिरको गतिविधि सामान्य एक झुट हो ।’-Photo Source: The Hindu



प्रतिक्रिया दिनुहोस्