Logo

काठमाडौंको सिडिओ फेरीए



काठमाडौं, २२ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) फेरिएका छन् । सिडिओ कालिप्रसाद पराजुलीलाई गृहमन्त्रालयमा सरुवा गरिएको हो ।

काठमाडौंका सिडिओ मा कर्मचारी प्रशासन महाशाखाका प्रमुख गोविन्द रिजाल तानिएका हुन् । कर्मचारी प्रशासन महाशाखामा गृहकै सहसचिव सुनिल खनाललाई ल्याउने तयारी भइरहेको बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्