Logo

सभमुख सापकोटाविरुद्ध एमाले अध्यक्ष ओलीको मुद्दामा अदालतले दुवै पक्षलाई छलफलमा बोलायो



काठमाडौं, २२ भाद्र । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटादुवै पक्षलाई एउटा रिट निवेदनबारे छलफलका लागि बोलाएको छ । ओलीले सापकोटाविरुद्ध १४ जना एमालेका सांसदलाई कारबाहीको निर्णयसहित निवेदन दर्ता गरेकोमा सदर नगरेको भन्दै दायर गरेको रिटमा दुवै पक्षलाई २८ भदौमा छलफलका लागि बोलाएको हो ।

१७ भदौमा ओलीले सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्टीविरुद्ध रिट निवेदन दर्ता गरेका थिए । १४ जना सांसदमाथि ह्वीप उल्लंघन गरेकाले कारबाही गरी सभामुखको कार्यालयलाई जानकारी गराएकोमा सदर नगरेको र त्यही आधारमा निर्वाचन आयोगले नेकपा एमाले विभाजनको निवेदनलाई स्वीकारेर कदम चालेको रिटमा भनिएको छ ।

एमाले फुटेपछि सभामुख सापकोटाले नेकपा एकीकृत समाजवादी दर्ता भइसकेपछि कारबाहीको निर्णय लिनु नपर्ने जानकारी गराएका थिए । सभामुख सापकोटा त्यतिञ्जेल बिदामा बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्