Logo

‘एमसीसी पारित गर्न एमाले चाहिँदैन्, सत्ता पक्षसँग बुहमत छ’ : शेरबहादुर तामाङ (भिडिओसहित)



काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पदीय मर्यादा कायम गर्न नसकेको बताएका छन् । उनले एमालेको विभाजन गर्नको लागि नै सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको पनि आरोप लगाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लोकतान्त्रिक व्यवस्थामा पार्टी विभाजन हुनु राम्रो नभएको भन्दै तत्काल दल विभाजनसम्बन्धी अध्यादेशलाई निश्क्रिय बनाउनुपर्ने बताए । त्यस्तै, उनले एमसीसीलाई संसद्बाट पारित गर्न सरकारसँग बहुमत रहेको बताउँदै एमसीसी नै पारित गर्न नेकपा (एमाले) नचाहिने बताए । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दा सरकारले वक्तब्य निकालेर थुन्छु भन्नु गलत भएको भन्दै सरकार एक हिसाबमा असफल हुँदै गएको पनि उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्