Logo

भारी अंकले घट्यो शेयर बजार, ७ अर्बको कारोबार



काठमाडौं, २२ भदौ । शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । सोमबार १ सय ६१ अंकले बढेको नेप्से मंगलबार ४४ दशमलव १८ अंकले घटेर २९ सय ३६ दशमलव ६० विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०५ अंकले घटेर ५४८ दशमलव ३५ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबार भएर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँ बराबरको १ करोड ५ लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्