Logo

नलेखिएका बुवाका कथा



प्रमिला पाण्डेः बुवा ! जीवनको कुनै मोडमा ‘म’ मेरा लागि “मैले विश्राम लिनुपर्र्छ ।” भन्नसम्म नरुचाउने परिश्रमी ।” खेतका आलिमा होस वा सरकारको घुम्ने मेचमै किन नहोस, बिना काम टुसुक्क बस्न नरुचाउने स्वाबलम्बी । मेरो लागि ‘बुबा’ एक मात्र अथक यात्री । तपाईंको आफ्नै किसिमको परिभाषा होलान्,जुन उत्कृष्ट नै हुन्छ ।

साहित्य सृजनातिर धर्तीभन्दा आकाशको प्रशंशा धेरै गरिएको पाइन्छ । तर फेरि आमालाई धर्ती र बुबालाई आकाश भन्नेहरुले नै आकाशझंै अटल, अदम्य साहस बोकेका ‘बुबा’ का बारेमा लेख्न र बोल्न किन कन्जुस्याइँ गरे होलान् ?

मस्तिष्कमा उजिएका धेरै प्रश्नमध्ये यो प्रश्नले प्रायः मलाई झस्काइरहन्छ । जब मेरा ‘बुबा’ को मुहार हेर्छु, सोच्न बाध्य हुन्छु । जीवनको हरेक परिस्थितिलाई विल्कुलै हतास नगरी, सामना गर्न सक्ने क्षमता छ उहाँ र बुबा भएकाहरुमा । जीवनका भोगाइ अनि दुखाइलाई भावीको लेखाइ मानेर; सन्तानको खुशीका लागि आफ्नो जीवनको प्रवाह नगरी, अहोरात्र खटिरहने रणभुमीको योद्धा हुन बुवा ।

हाड र छालाले नै बनेको शरीरलाई पनि बुबाहरुले मुस्ताङ्गे चट्टानजस्तो जब्बर बनाएर हिडेको देख्छु । थाकेको छु भनेर कतै सुस्ताएको कहिल्यै सुनिदैन । न त बिसञ्चो छु भनेर कतै ढलेकोे नै देखिन्छ । “१४-१५ वर्षको कलिलो उमेरदेखि जिम्मेवार भइयो । अब अन्तिम सास रहुन्जेलसम्म यसलाई बोकेर हिड्नु पर्छ कान्छा । नत्र यि बालखाको बिच्चली हुन्छ । हामीले हार माने यिनले के सिक्छन् भन त ?” बेलाबेला जिम्मेवारीको भारीले वाक्क भएका तल्लाघरे काकालाई सम्झाउँदै गरेको भेट्छु बरु । उमेरले २५ नलागेका र आफ्ना पखेटामा उड्न बाँकी नभएका छोराछोरीलाई पनि ‘बालखा’ देख्ने बुबालाई, कहिलेकाही तल्लाघरे काकाको जस्तै वाक्क लाग्दो हो… जिम्मेवारी सम्झेर ।

हो ! बुबा बिलौना गर्दै आँसु झार्नु हुन्न तर वेदना छैन उहाँमा भन्न मिल्दैन । समाजले छोरा मान्छेलाई आँसु देखाउन प्रतिबन्ध लगभग ऊ जन्मेको आठदेखि दस वर्षको उमेरभित्र लगाइसकेको हुन्छ । भन्छ “छोरा मान्छे भएर पनि कोहि रुन्छन्?” छोरा त स्ट्रङ्ग हुन्नुपर्छ । सोही अनुरुप एउटा छोरा मान्छे आफूलाई स्ट्रोङ्ग साबित गर्न कै निमित्त; आफ्ना दुख न परिवारमा पोख्न सक्छ । न त समाजसंग ओकल्न नै सक्छ । सक्छ त केवल घुटन सहेर बाँच्न ।

जीवनमा सफल भएनिका मान्छेको हामी वर्तमान देख्छौँ । विगत बुझ्न खोज्दैनौं र त्यहाँसम्म आइपुग्न उसले गरेका संघर्षलाई बेवास्ता गरिदिन्छौँ । र सजिलै भन्छौं “विगतलाई फर्केर नहेर्नु है अब ।” मलाई बढो अचम्म लाग्छ यस्ता वाक्य सुन्दा । यदि बुवाले आफ्नो विगतलाई फर्केर नहेरेको भए, काँधको छाला उकिँदासम्म पनि आफ्नो बेवास्ता नगरी पैदलैपैदल सुगम नझारेको भए, तपाईं हाम्रो जीवन यति सहज हुने थिएन । आफ्नो जीवनमा बिताएका दुर्गमका कष्टकर समय सन्तानले भोग्न नपरोस्, भनेर नै बुबाले जन्मघर र देश छोडेर बिरानो भुमिमा पसिना बगाइरहनु भएको हो । बुवाका त्यागले सम्मान नपाएका हुन्, प्रशंसा गर्न योग्य नभएका होइनन् ।

एकछिन आँखा चिम्म गरेर आफ्नो बुवालाई सम्झन्छु । झिसमिसे बिहानदेखि साझ झमक्क पर्दासम्मको दौडधुप । ओहो ! श्वास फेर्न नि कति धौधौ भएभंmंै चलेको छ जीवन । तर जीवनको भागदौडमा बुवाको भुमिका लोप किन गराइयो ? कि पुरुषप्रद्यान देश भएकै कारण मानव जीवनमा उहाँको अस्तित्व कम देखाइएको हो यकिन गर्न सकेको छैन् ।

केही समययता महिला अधिकार र लैंगिक समानताको बहस निकै चुलीएको छ । यो संगै सबै छोरा मान्छे खराब हुन्छन् भन्ने दृष्टिकोण पनि समाजमा व्यापक देखियो । महिला अधिकारकर्मीलाई सोध्न मन लागेको प्रश्न ( के हाम्रो समाजमा असल छोरा मान्छे छदै छैनन् त ? कि असलभन्दा बढि खराबको चर्चा गरिएको हो या तपाईहरुको नजरबाट ओझेल पारिएको हो असल छोरा मान्छेलाई ? यदि असलको चर्चा कम भएको हो भन्ने लाग्छ भने चर्चा व्यापक बनाऔं । ९९ प्रतिशत खराबकाबीच १ प्रतिशत असलको के लेखाजोखा राख्ने भन्ने तपाईहरुको मान्यता हो भने, मान्यता परिवर्तन गर्न सुझाउँछु म । सफलताको सिढी चढ्न सुरुवात शून्यबाट गर्नुपर्छ भने १ प्रतिशत असल मान्छेको लेखा किन नराख्ने ?

परिक्षाको नतिजामा १ अंक नपुग्दा भएको फेल । एक मिनेट ढिलो एयरपोर्ट पुग्दा उडेको हवाइजहाज । बही खातामा लेख्न छुटेको १ ले बिगारेको आर्थिक कारोबार । अस्पतालमा एक पाउण्ड रगत नपाएर छटपटाएको बिरामी र १ मिनेट सास फेर्न नपाउँदा भएको मृत्युले बुझाउँछ एकको महत्व । असल विचार,व्यवहार र राम्रा काम गर्ने जो कोही छोरा मान्छेको खुलेर सम्मान गरांैैं । जसले पछिल्लो युवापुस्ता र बालमनोविज्ञानलाई सकारात्मकतातिर अघि बढ्न प्रेरित गर्छ । सबै छोरा मान्छे खराब हुँदैन्न् र खराबभित्र सबै पर्दैनन् भन्ने कुरालाई सामाजिकिकरण गर्नु आजको आवश्यकता भइसकेको छ ।

साहित्य लेख्नमा होस् वा औपचारिक शिक्षाका पाठ्यक्रममा, बुवाको महत्व र जीवनयापनका लागि तिनले गरेका कठोर संघर्षका कथा कम लेखिए । सायद बजारमा संघर्षका कथा बिक्दैन्थे होलान्, वेदनाका जति । यद्यपी बजारशास्त्रकै नियम मानेर जे बिक्छ, त्यही उत्पादन गरेका हुन् भने, लेखकले यो पनि भुल्न हँुदैन्थ्यो । आफूले जे उत्पादन गरियो,त्यो बेच्न सक्नु बेष्ट मार्केटिङ्ग पोलिसि हो ।
आमाको मायाबारे पढियो, बुझियो र सिंग्गो संसार बदल्न उनको मात्र योगदान छ भन्ने भ्रम पनि राखियो केही समय । यो भ्रम अधिकांश ‘आमा’ सम्बोधनका कृतिको अध्ययनले जन्माएको थियो । जसमा आमाका ढिँकीजाँतो मेलापातदेखि प्रसव पिडासम्मका वेदना अटाउँदा, घरधन्न नसकेर लाहुर गएर बुबा किन फर्केनन् । परदेशमा केही बिपत् पो प¥यो कि भन्ने सोच्दै नसोची, गाउँमा आमालाई एक्लै छोडेर परदेशिएकै आधारमा बुबा स्वार्थी हुन् भन्ने दृष्टिान्त लेखियो बरु । जुन पढ्दा लाग्थ्यो जीवनमा बुवा त्यति महत्वपूर्ण होइन जति आमा हुनुहुन्छ ।

आज बुवाको मुख हेर्ने दिन । बुवा नजिकै बसेर पढ्दै हुनुहुन्छ भने पढिसकेपछी बुवालाई एकपटक सोध्नुस् – “बुवा हजुर यहाँसम्म आइपुग्दाको अवस्था कस्तो थियो ?” बस् यति भन्दै गर्दा उहाँको अनुहारमा बिगतको जुन उकुसमुकुस भैरहेका, भाव बाहिर निकाल्न तछाड्मछाड गरेको प्रष्ट देखिन्छ नि । हो त्यहीँ बेला बुवाले आफ्नो वास्तविकता तपाईं सामो हाँस्दै सुनाउनु हुनेछ । तर झट सुन्दा कथा जस्तो लाग्ने ती दिन तपाईं हाम्रै बुबाको भोगाइ हो । आफ्ना इच्छा पूरा नभए, आँसु झार्न, आत्मदाह गर्न पछि नपर्ने हामी, घर धान्नकै लागि उहाँले केके इच्छा मार्नु भयो सोच्नसम्म भ्याउदैनांै । जोकोहिलाई आफ्नो सपना,रहर रसमस्या मात्रै ठूलो लाग्छ । तिनै सपना पूरा गरिदिनेका पीडा एकादेशको कथा जस्तो । ”

हो बुवा चाडै गल्नु / पग्लिनु हुन्न किन थाहा छ ? फलाम सेलाउन्जेल मात्र ऊ आफ्नो आकारमा रहन्छ । तात्यो भने मान्छेले आफू अनुकूल बनाउँछ र उसको अस्तित्व खतम हुन्छ । बुवाले पनि आमाले जस्तै तपाईंको अनुकूलतालाई हेर्नु भो, भने परिवारको अस्तित्व खतम हुन कुनैबेर लाग्दैन । तसर्थ सम्बन्धमा एकअर्कालाई सुनौं र अस्तित्व स्वीकार गरौँ । “आफ्नो जीवनको हिस्साभित्र प्रियतमालाई जस्तै परिवारलाई पनि समेटन सके मात्र, वृद्घ अवस्थामा आमाको मृत्युसँगै बुबाहरुको सारथी बनाइदै आएको वृद्घआश्रमको ढोका सदाको लागि बन्द हुनेछ” ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम