Logo

आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २२ भदौ । नेप्सेमा आज उच्च अंकको गिरावट आएपनि केही कम्पनीको भने शेयर कारोबार सर्वाधिक भएको छ । नेप्सेको अनुसार आज यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको कारोबार सर्वाधिक कारोबार भएको हो । कम्पनीको ६१ करोड ९२ लाख बढीको  कारोबार भएको हो ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, अपी पावर कम्पनीको १९ करोड १२ लाख, ज्योति विकास बैंकको १७ करोड ५७ लाख र रिडी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot