Logo

सानिमा लाइफसहित यी कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि



काठमाडौं, २२ भदौ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ४४ अंकले घट्दा ७ अर्बको कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

यसैगरी, यूनाइटटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशत र हाइड्रनेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबार भएर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँ बराबरको १ करोड ५ लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्