Logo

माधव नेपालको पार्टीलाई ओलीले प्युसोको संज्ञा दिए



पोखरा, २२ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीले आफूहरुसँग प्रतिष्पर्धा गर्न खोजेको भन्दै व्यंग्य कसेका छन् । उनले कांग्रेसले त अहिलेसम्म एमालेसँग प्रतिष्पर्धा गर्न नसकेको भन्दै हिजो भर्खरै जन्मिएको फुच्चे पार्टीले एमालेसँग लड्ने आँट गरेको भन्दै आलोचना गरेका छन् ।

आज (मंगलबार) पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई त प्युसोको संज्ञा दिए । उनले एमाले समाप्त पार्ने सपना नदेख्नसमेत माधव नेपाललाई चेतावनी दिएका छन् । सम्बोधनको क्रममा ओलीले भने,‘कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो।’



प्रतिक्रिया दिनुहोस्