Logo

अब विद्युत् प्राधिकरणमा आवेदन खल्तीबाट शुल्क तिर्न सकिने



काठमाडौं, २२ भदौ । खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा विस्तार गरेको छ ।

आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।

कार्यालयमा धाइरहनुपर्ने वा लाइनमा घण्टौं बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनीकरण गर्ने हेतुले उक्त सेवा सञ्चालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए ।

प्राधिकरणको आधिकारिक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरिसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनोट गरी त्यसमा लाग्ने शुल्क भुक्तानी गर्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्