Logo

रोहित र सोमपालको उत्कृष्ट साझेदारीमा नेपालको जित



काठमाडौं, २२ भदौ । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा २ विकेटको जित निकालेको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको थियो । नेपालले ३९.३ ओभरमा लक्ष्य हासील गरेको छ । सोमपाल कामी र रोहित पौडेलले ६३ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहितले ६५ बलमा सर्वाधीक ४१ रन बनाए भने सोपालले ३२ बलमा अभिजित २२ रन बनाए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । साथै, कप्तान असाद भाला ४ रनमा पेभेलियन फर्किए भने चाड सोपेर १७ रनमा अविजित रहे ।

जसमा नेपालका लागी सन्दीप लामिछानेले ४ विकेट लिए भने डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २÷२ विकेट लिए । त्यस्तै सोमपाल कामीले एक विकेट लिए ।ओपनिङ ब्याटीङमा कुशल भुर्तेल र आशिफ शेख आएका थिए । जसमा कुशल भुर्तेल २८ बलमा १५ रन जोड्दै एल.बि.डब्लु आउट भए । त्यस्तै आशिफ शेखले ४ चौकाको मद्दतमा ३० रन बनाए ।

आरीफ शेखले १ छक्काको मद्दतमा १९ बलमा ९ रन मात्र जोड्न सके । साथै, कप्तान ज्ञानेन्द्र मल्लले पनि ब्याटिङ चलाउन सकेनन् । उनी २० बलमा ६ रन जोड्दै क्याचआउट हुन पुगे ।शरद भेस्वाकरले पनि २२ बलमा ६ रन मात्र बनाउन सके । बलिङमा चम्कीएका डेब्यु खेलाडी कुशल मल्लले १ रन मात्र जोड्न सके । त्यस्तै अलराउण्डर पवन सराफले खाता खोल्न सकेनन् । पीएनजी सँगको दोस्रो एकदिवसीय खेल शुक्रबार हुँदैछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्