Logo

कोरोना फैलाउनेलाई पाँच वर्ष जेल सजाय



एजेन्सी, २२ भाद्र । कोरोना भाइरस फैलाउनेलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । आठ जना व्यक्तिलाई कोरोना भाइरस फैलाएको पुष्टि भएपछि अदालतले ती व्यक्तिलाई जेल सजाय तोकेको हो ।

यो घटना भियतनामको हो । त्यहाँ लि भान ट्रीले आठ जनालाई कोरोना फैलाएको पुष्टि भएको हो । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

ट्रीले स्वास्थ्य विवरणमा झुटा लेखेको र यात्रा गरेपनि आइशोलेशनको नियम उल्लंघन गरेको पत्ता लागेको थियो । भियतनाममा एउटा प्रान्तबाट अर्कोमा यात्रा गरेमा २१ दिन आइशोलेशनमा बस्नुपर्ने नियम छ ।

भियतनाममा कोरोना भाइरसको रोकथामका लागि कडा कानुन बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्