Logo

तालिवानलाई पाकिस्तानको साथ, पन्जसिरमा ड्रोन हमला



एजेन्सी, २२ भाद्र । पाकिस्तानले तालिवानलाई सैन्य सहयोग गरिरहेको खुलेको छ । तालिवानले जित्न नसकेको पन्जसिर प्रान्तमा पाकिस्तानले ड्रोन हमला गरेको छ ।

विभिन्न रिपोर्टहरुले पाकिस्तानको सनिकले ड्रोन हमला गरेको खुलाएका छन् । अमाज न्यूजमा अफगानिस्तानका पूर्व सांसद जिया अरियानजादले जनाए अनुसार आइतबार पन्जसिरमा पाकिस्तानले बम हमला गरेको छ ।

तालिवानविरुद्ध पन्जसिरमा लडिरहेको फौजका एक कमाण्डको आइतबार राति भिडन्तमा मृत्यु भएको छ । पन्जसिरका नेता अहमद मसुदका प्रवक्ता फहिम डान्टी मारिएका हुन् । पूर्व युद्ध सरदार अहमद साह मसुदका भतिजा जनरल साबिह अब्दुल वादुद झोर पनि मारिएका छन् ।

यसअघि पाकिस्तानी खुफिया एजेन्सी आइएसआइका प्रमुख काबुल पुगेका थिए । उनको काबुल भ्रमण तालिवानलाई पाकिस्तानको साथ रहेको सन्देश पनि थियो ।

यसैगरी, काबुललगायत अफगानिस्तानका विभिन्न शहरमा पाकिस्तानविरोधी नारा लाग्न थालेको छ । तालिवान अतिवादीलाई अफगानिस्तान कब्जा गर्न साथ दिएको भन्दै त्यहाँका जनताले पाकिस्तान विरोधी नारा लगाउन थालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्