Logo

मेम्फिस डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सको फराकिलो जित



एजेन्सी, २३ भदौ । विश्वकपको युरापेली छनोटमा मेम्फिस डेपेको ह्याट्रिकमा नेदरल्याण्ड्सले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा डेपेले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक गरेका हुन् । जसमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराएको हो ।

डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए । बार्सिलोनाका फरवार्डले लगातार तीन गोल गर्दै नेदरल्याण्ड्सलाई ४–० को अग्रता दिलाए । गुस तिल र डोनियल मालेनले थप एक–एक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल पुरा गरे ।

लेस्टर सिटीका कागलर सोयुन्कु रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि टर्कीले दोस्रो हाफ १० खेलाडीमा सिमित बनेर खेलेको थियो । दोस्रो हाफको इन्जुरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काएका थिए । जीत सँगै नेदरल्याण्ड्स समुह चरणको छनोटमा शीर्ष स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्