Logo

विश्वकप फुटबलको युरोपेली छनौटमा पोर्चुगलको शानदार जित



एजेन्सी, २३ भदौ । विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले अजरवैजान माथी शानदार जित निकालेको छ । मंगलबार राति पोर्चुगलले अजरवैजानलाई ३–० ले पराजीत गरेको हो ।

बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे सिल्भाले ३१ औं मिनेटमा गोल गर्दै पोर्चुगललको अग्रता दोब्बर बनाए ।

त्यस्तै, खेलको ७५ औं मिनेटमा जोटाले गोल टालीलाई जित दिलाए । पोर्चुगल रोनाल्डोबिनै मैदानमा उत्रिएको थियो । राष्ट्रिय टिमबाट कीर्तिमानी गोलकर्ता बनेका रोनाल्डोले खुसीयाली मनाउने क्रममा कार्ड खादै अर्को खेल गुमाउने भएका थिए । जितसहित पोर्चुगल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्