Logo

इन्डोनेसियाको जेलमा आगलागी, ४१ कैदीबन्दीको मृत्यु



एजेन्सी, २३ भदौ । इन्डोनेसियाको एउटा जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । राजधानी जकार्ताको बान्तेन प्रान्तको ट्यांगरेंग जेलमा बुधबार बिहान आगो लाग्दा ४१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोइटर्सले उल्लेख गरेको छ ।

जेलको ब्लक ‘सी’ मा कैदीबन्दीहरू सुतिरहेका बेला आगो लागेकाले ठूलो मानवीय क्षति भएको बताइएको छ । उक्त ब्लकमा लागुऔषधसम्बन्धी कसुरका कैदीबन्दीलाई राखीएको थियो । औद्योगिक क्षेत्रनजिकै रहेको उक्त जेलको क्षमता ६ सय भए पनि २ हजारभन्दा बढी कैदीबन्दी राखीएको छ । आगलागी हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्