Logo

अक्षय कुमारको आमा अरुणाको निधन



एजेन्सी, २३ भदौ । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको आज निधन भएको छ । अरुणाको ७७ वर्षको उमेरमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अक्षय आफैले सामाजिक सञ्जालमा जानकारी दिदै आमाको निधनले अत्यन्तै पिडा महसुस भइरहेको बताएका छन् । अरुणाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

अरुणा भाटियाको केही दिनदेखि मुम्बईको हीरानन्दानी अस्पतालको आईसीयुमा उपचार भैरहेको थियो । आमाको अवस्था गम्भिर भएपछि लन्डनमा सुटिङको लागि पुगेका अक्षय कुमार मुम्बई फर्किएका हुन् ।

उनले आमाको स्वास्थ्यमा समस्या आएपछि सँगै बस्ने निर्णय गरेका थिए । उनी लन्डनमा फिल्म ‘सिंडरेला’ को शुटिगको लागि पुगेका हुन् । फिल्मको सुटिङ भने उनी बिना पनि नरोकिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्