Logo

क्रिकेटर धवनले गरे पत्नी आइशासँग सम्बन्ध विच्छेद



काठमाडौं, २३ भदौ । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आइशा मुखर्जीसँग सम्वन्ध विच्छेद गरेका छन् । विवाहको ८ वर्षपछि उनीहरुले सम्बन्ध विच्छेद गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

आइशाले सामाजिक सञ्जाल इन्टाग्राममा आफूहरुको सम्वन्धविच्छेदबारे लेखेकी छिन् । उनले आफुलाई डिभोर्स शब्द फोहोरी लाग्ने तर आफै दुई पटककी डिभोर्सी भएको उल्लेख गरेकी छिन् ।

पहिलो डिभोर्समा आफुलाई निकै डर लागेको भए पनि अहिले चाहिँ आफू निर्धक्क भएको उनले लेखेकी छन् । तर धवन भने अहिले सम्म यसबारे बोलेका छैनन् ।

धवनसँग आइशाको दोस्रो विवाह भएको थियो । सन् २०१२ मा उनिहरु बिच विवाह भएको थियो । उनीहरुका एक छोरा समेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्