Logo

माधव नेपालसहित १४ सांसद संसद् बैठकमा आए एमालेलाई मान्य हुँदैन् : अध्यक्ष ओली (भिडिओसहित)



काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघि एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीबाट निष्कासन गरिएको भन्दै संसद् बैठकमा ती गैर सांसदहरूको उपस्थिति भएआफूहरूलाई मान्य नहुने बताएका छन् । आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सभामुखले कसैलाई सांसदबाट निष्कासन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेका छन् । यो हामीलाई मान्य छैन् ।’ अध्यक्ष ओलीले माधव नेपालसहित १४ सांसदहरु आजको बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशङ्कर चौधरी लगायतका सांसदहरू पनि संसद् बैठकमा आउन पाउनुपर्ने टिप्पणी गरेका छन् । त्यस्तै, उनले वर्तमान सत्तापक्षीय गठबन्धन भत्काउने पनि चेतावनी दिएका छन् ।

Photo & Video By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्