Logo

काँग्रेसले एमसीसीलाई एकलौटी रुपमा पारित गर्दैन्, यसमा हामी राष्ट्रिय सहमति गर्छौं : मीन विश्वकर्मा (भिडिओसहित)



काठमाडौं, २३ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकारले सबैको सहमतिमा नै एमसीसी अघि बढाउने बताएका छन् । उनले यसमा कांग्रेसले एकलौटी पारित गर्न प्रयत्न गर्ने भन्दापनि राष्ट्रिय सहमति गर्ने विश्वास दिलाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले थाँती रहेका दर्जनौं विद्येयकहरु संसद्मा ल्याएर संसद् सुचारु गरिने पनि विश्वास दिलाए । उनले सरकारले संसद्लाई विजनेश दिने पनि बताए ।

उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको बचाउसमेत गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सभामुखविरुद्ध आक्रामक रुपमा प्रस्तुत भैरहेको बेला उनले सभामुखले संविधाअनुसार भूमिका खेलेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्