Logo

चीन अफगानिस्तानको नवगठित सरकारसँग संवाद गर्न तयार



एजेन्सी, २३ भदौ । चीनले नवगठित तालीवानी सरकार सँग संवाद गर्न तयार रहेको बताएको छ । चीनियाँ परराष्ट्र मन्त्रालयले बेइजिङ अफगानिस्तानमा नवगठित सरकारसँग संवाद गर्न तयार रहेको बताएको हो ।

मन्त्रालयका प्रवक्ता वाङ वनबिनलाई बेइजिङ अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिन तयार छ ? भनेर सोधिएको थियो ।
चीनले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतको पनि सम्मान गर्ने बताउदै प्रवक्ता वाङले अफगानिस्तानको अन्तरिम सरकार देशमा व्यवस्था पुनर्बहाली दिशामा आवश्यक कदम भएको बताएका छन् ।

मंगलबार साँझ तालिवानहरुले नयाँ सरकार घोषणा गरेका थिए । तालिवानले मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार घोषणा गरेको थियो । हसन अमेरीकाको कालो सूचीमा रहेका व्यक्ति हुन् । जसमा अमेरीकाले वक्तब्य जारी गरेर विरोध जनाइसकेको छ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले नयाँ मन्त्रीपरिषदलाई ‘ठग र कसाईको समूह’ भनेका छन् । त्यस्तै नयाँ मन्त्रिपरिषदमा सिराजुद्दिन हक्कानी कार्यबाहक गृहमन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस्