Logo

युट्युब भन्दा टिकटक धेरै लोकप्रिय



काठमाडौं, २३ भदौ । केही वर्ष अघि मात्र बनेको चीनीयाँ एप्लिकेसन टिकटक पछिल्लो समय विश्वभरका प्रयोगकर्ता माझँ निकै लोकप्रिय बनेको छ । संयुक्त राज्य अमेरिका र बेलायतका एप प्रयोगकर्ताहरू भिडिओ प्लेटफर्म युट्यवमा भन्दा बढी टिकटकमा बढी समय बिताउने गरेको एक अध्ययनले देखाएको छ ।

एपहरूको अध्ययन अनुसन्धान गर्ने कम्पनी ‘एप यानी’को पछिल्लो रिपोर्टले अमेरिका र बेलायतका प्रयोगकर्ताले सबैभन्दा बढी समय टिकटकमा बिताउने निष्कर्ष निकालेको हो ।

मासिक रूपमा सक्रिय प्रयोगकर्ता युट्युवकै बढी भएपनि सयम धेरै बिताउने एपका रूपमा टिकटक माथि आएको छ । सो अध्ययनबाट प्रति व्यक्तिका आधारमा एपमा बिताउने औषत समय निकालिएको थियो । तर, यो अनुसन्धान एन्ड्रोइड प्रयोगकर्ताहरुमा मात्र गरिएको बताइएको छ ।

रिपोर्टका अनुसार बेलायतमा प्रति व्यक्तिले टिकटकमा बिताउने समय सन् २०२० को जुन महिनामा गरिएको अध्ययनमा पनि धेरै थियो, जसलाई टिकटकले यो वर्ष पनि निरन्तरता दिएको छ ।

अमेरिकामा भने टिकटक र युट्युवबीचको लडाईंमा २०२१ को अप्रिल देखि टिकटक अगाडि आएको छ । साथै २०२० देखी हालसम्म सबैभन्दा बढी डाउनलोड हुने एपको रुपमा पनि टिकटकनै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्