Logo

नेपाल र बंगलादेश बिचको मैत्रीपूर्ण खेलको समय तालिका परिवर्तन



काठमाडौं, २३ भदौ । नेपाल र बंगलादेशबिच हुने भनिएको राष्ट्रिय महिला फुटबल टोलीको मैत्रीपूर्ण खेलको समय तालिका परिवर्तन गरीएको छ ।

नयाँ समयानुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदैछ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो ।

दशरथ रंगशालामा हुने दुबै खेल साँझ ५ बजे हुने जनाइएको छ । यसअघि एन्फाले दुबै खेल साँझ ५ः३० मा हुने जनाएको थियो । एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५ सय रहेको छ भने सामान्यतर्फको टिकटदर २ सय तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्