Logo

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति हुम्ला प्रस्थान्, शाहीपनि सँगै जाने



काठमाडौं, २३ भदौ । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारद्धारा गठित अध्ययन समिति हुम्लातर्फ प्रस्थान गरेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीको लाप्चादेखि हिल्सासम्म चीनले नेपाली भूमि अतिक्रमण गरेको बताईँदै आएको छ । चीनसँगको सीमा विवादको विषय उठेपछि सरकारले हालै अध्ययन समिति बनाएको हो ।

अध्ययन समितिसँगै नेपाली कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाही पनि सँगै जाने भएका छन् । शाही सीमा विवाद भएको ठाउँमा यसअघि पनि स्थलगत भ्रमणमा गएका थिए । शाही नेतृत्वको टोलीले प्रतिवेदन तयार पारेर यअघि नै सार्वजनिक गरिसकेको छ ।

भदौ २५ गते सीमा विवाद भएको ठाउँमा अध्ययन समिति पुग्ने जनाईएको छ । र, भदौ २६ गते अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । शाहीले चीनले नेपाली भूमि मिचेको नै दाबी गरेका छन् । उनले भने,‘चनिले नेपाली भूमि मिचेको हो । म सँग प्रमाण छ । हामी यसअघि नै त्यहाँ गएर आएका हौं । यो आवाज हामीले निरन्तर रुपमा उठाउँदै आएका छौं ।’



प्रतिक्रिया दिनुहोस्