Logo

नेप्सेमा आज ६० अंकको पहिरो, ६ अर्बको कारोबार



काठमाडौं, २३ भदौ । साताको कारोबारको चौथो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ६० दशमलव २ अंकले घटेर २८ सय ७६ दशमलव ५९ विन्दूमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ९१ अंकले बढेर ५३६ दशमलव ५१ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार २२५ कम्पनीको ७४ हजार ८ सय ९० पटक कारोबार भएर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्