Logo

एमालेले अवरोध गरेपछि संसद् बैठक १५ मिनेटको लागि स्थगित् (फोटोफिचर)



काठमाडौं, २३ भदौ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि सभाामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित् गरेका छन् । एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको विरुद्धमा नाराबाजी गरेका थिए ।

खासगरी माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीले गरेको कारबाहीअनुसार सांसदबाट पदमुक्त नगरेको भन्दै एमाले सांसदहरुले सभामुख सापकोटाको विरुद्धमा नाराबाजी गरेका थिए । तर, सभामुख सापकोटाले भने देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने एमाले सांसदहरुलाई चेतावनी दिएका छन् । अहिले बैठक १५ मिनेटको लागि स्थगित् गरिएको छ। उता, सत्तापक्षीय गठबन्धनले भने बैठकमा एमालेविरुद्ध सशक्त रुपमा प्रसतुत हुने निर्णय गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्