Logo

एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २३ भदौ । एमसीसीको विरोधमा आजपनि काठमाडौंमा प्रदर्शन भएको छ । एमसीसी कुनैपनि हालतमा संसद्बाट पारित गर्न पाईँदैन भन्दै आज काठमाडौंमा प्रदर्शन गरिएको हो । आज (बुधबार) विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकात केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघरबाट निकालेको ¥याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीसहितका नेताहरूको उपस्थिति थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्