Logo

सोलु काँग्रेसमा युवा लहर : २१ बर्षिया पूजाले जितिन् पहिलो मत ल्याएर क्षेत्रिय प्रतिनिधि



सोलुखुम्बु, २३ भाद्र । नेपाली काँग्रेसको जारी १४ औँ अधिबेशनमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि धेरै युवाहरु नेतृत्वमा चयन भएका छन् । ‘काँग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिबेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् । वडा अधिबेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाँल खुल्ला महिला प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा भएको चुनावी प्रकृयाबाट सबै भन्दा धेरै मत ल्याएर प्रतिश्पर्धि सबैलाई उछिन्दै २१ बर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । २ सय ६३ मत खसेकोमा पुजाले सबै भन्दा धेरै अर्थात २ सय २ मत प्राप्त गरिन भने सोही वडाबाट काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीकी सहोदर बहिनी सरस्वती केसी भण्डारी ८९ मत मात्र प्राप्त गरेर पराजित हुन पुगिन् । उनी सँगै खुल्ला महिलाको ५ सिटका लागि प्रतिश्पर्धामा रहेकी काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले १ सय ४० मत मात्र प्राप्त गरेर क्षेत्रीय प्रतिनिधिमा जितिन्।

९ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ ईकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा विंसं.२०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भईन । अहिले उनी नेविसंघ सोलुको कोषाध्यक्ष र जिपि कोईराला फाउण्डेशनको जिल्ला सहसचिव छिन् । लगातार पूर्णकालिन राजनितिमा लागेकी उनी यो पटक धेरै मत ल्याएर जित्दा निकै दंग छिन् ।

‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर वहाँहरुले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो’ उनले भनिन्-‘चुनवामा गए पछि मलाई ९० प्रतिशत क्रियाशिलले माया गरेर जिताउनु भयो ।’ क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनितिमा यूवाहरुको भविश्य प्रति आशा जागेको उनको बुझाई छ । ‘काँग्रेसमा ५० कटेकालाई युवा नेता मान्नु पर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नु पर्छ’ पूजाले भनिन्, ‘अब काँग्रेसलाई पुनर्जीवन दिने जिम्मेवारी हाम्रो काँधमा छ, अग्रज पुस्तालाई सम्मान सहित मार्ग दर्शक ठान्ने हो, नेतृत्व हाम्रो पुस्ताले लिने हो ।’

उनलाई राजनिति गर्न परिवारको पृष्ठ भुमिका कारा पनि सहज भएको हो । उनको हजुरवावा लिलाराज फुयाँल नेपाली काँग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित हुनुभयो भने उनका बुवा यादव फुयाँल नेपाल शिक्षक संघको गाउँपालिका अध्यक्ष हुन् । ५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा २ वटा वडामा मात्र चुनावी प्रकृयाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली काँग्रेसको सबै भन्दा बढी क्रियाशिल सदस्य भएको वडा हो ।

 



प्रतिक्रिया दिनुहोस्